दफा ४
समितिको काम, कर्तव्य र अधिकार
४. समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) चिकित्सालयको व्यवस्थापन र संचालन गर्ने,
(ख) चिकित्सालय विकासको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गर्ने गराउने,
(ग) चिकित्सालय व्यवस्थान र संचालन गर्नको लागि आवश्यक साधन र स्रोत जुटाउने,
(घ) चिकित्सालयको बजेट स्वीकृत गर्ने,
(ङ) चिकित्सालयको सेवा शुल्क निर्धारण गर्ने,
(च) चिकित्सालयको भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने,
(छ) चिकित्सालयको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने,
(ज) चिकित्सालय संचालनको लागि आवश्यक अन्य कार्यहरू गर्ने ।